Sajhamanch Archive

स्पेनमा डुङ्गा दुर्घटना १२ जनाको मृत्यु, १२ बेपत्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।

दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ। उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो। ‘दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना जिवितै भेटिएका छन्, जिवित मध्ये चार जना महिला र २९ जना पुरुष रहेका छन्’ एक उद्धारकर्मीले भने। दुर्घटनामा परेकाहरु आप्रवासी भएको बताएको छ ।

उनीहरु अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउदै थिए। मृत्यु भएका मध्ये दश जना पुरुष र दुई जना महिला रहेका छन् महिला मध्ये एक जना गर्भवती रहेको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *