Sajhamanch Archive

ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा

Published: in राष्ट्रिय समाचार, by .

वासिंटन । अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् ।

सिरियालगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत भएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी गर्दै नयाँ रक्षामन्त्री छिट्टै नियुक्त गर्ने घोषणा गरेका छन् ।

म्याटिस आगामी फेब्रुअरीबाट सेवानिवृत्त हुने छन् । रक्षामन्त्रीको राजीनामालाई अमेरिकी राष्ट्रपति ट्रम्पका लागि अर्को ठूलो झट्काको रुपमा हेरिएको छ ।

ट्रम्पले सिरियामा आईएसविरुद्धको लडाईं समाप्त भएको उद्घोष गर्दै त्यहाँ तैनाथ सम्पूर्ण सेनालाई अमेरिका फर्काउने घोषणा गरेका थिए । ट्रम्पको यो कदमले मध्यपूर्वको शान्ति व्यवस्थामा गम्भीर खलल आउने र रुसी प्रभाव बढ्ने रक्षामन्त्री म्याटिसको ठम्याइ छ ।

सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *