Sajhamanch Archive

पाँचथरमा तत्कालिन सहायक प्रजिअसहित आठ जना विरुद्ध मुद्धा दायर

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

पाँचथर । पाँचथर प्रहरीले फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका देवेन्द्र शिवाको किर्ते गरी नागरिता बनाएको घटनामा तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ८ जनालाई प्रतिबादी बनाएर पाँचथर जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । जसमा ५ सरकारी कर्मचारी छन् भने अन्य ३ जना रहेका छन् ।

अन्तिम पल्ट २०७२ सालमा जात तथा थर नै फरक पर्ने गरी गौरब नेम्बाङको नाममा किर्ते गरी नागरिकता बनाएकोमा तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, कार्यालयका फाँटवाला प्रकाश अधिकारी र राजकुमार न्यौपाने, तत्कालिन गाविस सचिव सुरेश सुवेदी र रमेश ताम्ली गरी ५ जना सरकारी कर्मचारी विरुद्ध मुद्दा दर्ता भएको हो ।

किर्ते नागरिकताको सनाखतमा नागरिकता प्रयोग भएका दुर्गाभक्त नेम्वाङ, दुर्गा भक्तको नाममा सनाखत गर्ने राजेन्द्र नेम्बाङ नागरिकता बनाउने देवेन्द्र र शिवा विरुद्ध मुद्धा अघि बढेको हो । यि मध्ये देवेन्द्र र दुर्गाभक्तलाई प्रहरीले पक्राउ गरीसकेको छ ।

गौरव नेम्वाङको नाममा प्रहरीले शंका गरेपछि घरमा छापा मार्दा उनको नामका किर्ते गरी वनाइएका ३ वटा नागरिकता फेला परेपछि अनुसन्धान अघि बढेको पाँचथर प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । उनले सोही नाममा राहदानी र मार्क सिट बनाएको खुलेपछि अनुसन्धान थप अघि बढेको बताए । नागरिकता ऐन अन्तर्गत हदैसम्मको सजायको माग गरी ८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्धा दायर गरिएको कुँवले जानकारी दिए ।

तत्कालिन गाविस सचिवले सो नागरिकता ०७२ असोज–२९ गते सिफारिस गरे पनि कार्तिक २९ गते सनाखत भएको खुल्न आएको थियो । तर नागरिकता भने फाल्गुन–१८ गते मात्रजारी भएको देखिन्छ ।

निक्कै सावधानिपूर्वक काम गरे जस्तो देखिएको डिएसपी कुँवर बताउँछन् । कार्तिक १६ गते बलात्कारको प्रयास गरेको अरोपमा देवेन्द्र पक्राउ परेका थिए । यो केशमा उनी जिल्ला कारगार पाँचथरमा पुर्पक्षमा थुनामा छन् । तीनैवटा नागरिकता फरक–फरक मितिमा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट लिइएको देखिन्छ । देवेन्द्र शिवा, अंकितशिवा र गौरब लिम्बुको नाममा २०६३, २०७० र २०७२ सालमा नागरिकता लिएको खुल्न आएको छ । सिवाले पब्लिक हाईस्कुल धरानबाट एस।एल।सी। पास गरेको नक्कली प्रमाणपत्र समेत बनाएको खुल्न आएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *