Sajhamanch Archive

अर्जुनधारामा सप्ताह श्रीमद् लिङ्ग महापुरण सुरु

Published: in समाज by .

बिर्तामोड । झापाको अर्जुनधारा–५ लक्ष्मीपुरस्थित विहीवारे बजारको नवदुर्गा पाञ्चायतन मन्दिरमा सप्ताह श्रीमद् लिङ्ग महापुराण सुरु भएको छ ।

पुस ६ गतेदेखि १२ गतेसम्म आयोजना हुने पुराणको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले गरेका थिए ।

१८ औं पुराण लगाउने उदेश्यले प्रत्येक बर्ष आयोजना गरिदै आएको पुराण मध्ये यो १४ औ अनुष्ठान भएको पुराण आयोजक समितिका अधयक्ष छविलाल लम्सालले जानकारी दिए । पुराण उद्घाटनको अवसर पारेर नवदुर्गा सामुदायिक भवनको समेत औपचारिक रुपमा उद्घाटन गरिने उनले बताए ।

पुराणमा पण्डित पुरुषोत्तम गजुरेलको प्रमुख वाचन रहने र पण्डित लक्ष्मप्रसाद पोखरेलको उप वाचन रहने अध्यक्ष लम्सालले बताए । पुराणका लागि २ लाख ५० हजार अनुमानीत खर्च हुने आयोजक समितिले बताएको छ । प्रत्येक बर्ष आयोजना गरिएको पुराणबाट सामुदायिक भवन निर्माण गरिएको हो । पुराणमा द्रव्य, धान्य, तण्डुल, लवण, शर्करा, दूध, दहि, ध्यु, बस्त्र, मह,तेलको तुलादान गरिने आयोजकले बताएको छ । पुराणमा भजन, ज्ञानमञ्च, झाकीलगायतका कार्यक्रम समेत हुने बताइएको छ । अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्दीर समितिका वरिष्ठ उपाध्यक्ष एलवी गिरीले स्वागत गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ५ ले पुराणका लागि ५० हजार उपलब्ध गराउने वडा सदस्य सकुन्तला घिमिरेले बताइन् । कार्यक्रममा विश्वहिन्दू महासंघ झापाका अध्यक्ष मोहन उप्रेती, सतासीधाम गौशलाका उपाध्यक्ष वेदप्रकाश अग्रवाल, भानु माविका प्राचार्य रुपक दाहाल, मन्दीरका संस्थापक सदस्य अर्जुन रेग्मी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन मन्दीर समिति सदस्य तेजकुमार गिरीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *