Sajhamanch Archive

नक्कली एजेन्ट पैसा लिएर भागेपछि मोरङका १२ युवा अलपत्र

Published: in समाज by .

सप्तरी । सप्तरीका एक व्यक्तिले युएई पठाइदिने भन्दै १८ लाख रुपैयाँ ठगेको भन्दै मोरङका १२ जना राजविराज आइपुगेका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ का अशोककुमार मण्डलले गएको मंसिर ८ गते विदेश पठाउन भनेर काठमाडौं बोलाएपनि नउडाएर ठगेको भन्दै ठगेको भन्दै उनलाई खोज्दै १२ जना सदरमुकाम राजविराज आइपुगेका हुन् ।

अशोककुमारले प्रतिव्यक्ति १ लाखको दरले पैसा लिएको उनीहरुले बताएका छन् र चार पटकसम्म काठमाडौं बोलाएर होटलमा बस्न लगाएपनि दलाल सम्पर्कमा नआएको तथा आफूहरुसँग भएको पैसा सकिएपछि घरबाट पैसा मगाएर काठमाडौंबाट फर्किनु परेको युवाहरुको भनाई छ ।

ठगीमा परेका युवाको साथमा दलाललाई विभिन्न बैंकमार्फत पैसा पठाएको कागजपत्र समेत रहेको र एजेन्टसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र राजविराजले जनाएको छ ।

यसैबीच सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई समेत लिखित निवेदन दिन लगाएर न्यायको लागि पहल थालिएको परामर्श केन्द्रका राजेन्द्र यादवले बताउनुभयो ।

उहाँका अनुसार पीडितका विषयमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरी गाउँपालिकालाई पनि जानकारी गराएको र आवश्यक कानूनी कारवाही प्रक्रिया अघि बढाएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *