Sajhamanch Archive

डलरसँगै विदेशी मुद्राको भाउ पनि घट्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । शुक्रबार डलरको भाउ सामान्य घटेको छ । यसले अरु विदेशी मुद्राको भाउमा समेत प्रभाव पारेको छ । कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ ।

शुक्रबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा छ । बिहीबार बिहीबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११२ रुपैयाँ ९५ पैसा थियो । यही अनुपातमा अरु विदेशी मुद्राको भाउ पनि थोरै पैसाले घटेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८१ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकिएको छ ।

युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा, मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६२ पैसा र बिक्रीदर २६ रुपैयाँ ७७ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ र बिक्रीदर ३६७ रुपैयाँ ९८ पैसा तथा बहराईन दिनार १ को खरिददर २९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यस्तै शुक्रबार कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

यी सबै विदेशी मुद्राको भाउ बिहीबारको तुलनामा घटेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *