Sajhamanch Archive

योमरी पूर्णिमा, धान्य पूर्णिमा र उधौली पर्व आज

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व शनिबार मनाइँदैछ ।

नेवार समुदायले शनिबार योमरी पूर्णिमा मनाउँदैछन् । चामलको पीठो, चाकु, कालो तिलको योमरी बनाएर बेलुकी यस वर्ष भित्र्याएको अन्नबाली, भकारी पूजा गर्ने चलन छ ।

त्यस्तै भकारी पूजा गर्दा चामलको पीठोको कुबेर, लक्ष्मी र गणेशको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ । आजको दिनलाई लक्ष्मीपूजाको रुपमा मनाउने गरिन्छ । यसरी पूजा गरेमा वर्षभरी अन्न अभाव नहुने विश्वास छ । जाडोमा मास र चाकुलगायतका शरीरमा ताप बढाउने सामग्रीबाट रोटी बनाएर खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

काठमाडौँ उपत्यकाका नेवार समुदायले चारसयवर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । योमरी पूर्णिमा अवसरमा साँखु, पाटन, काठमाडौं , टोखा, बनेपा, पनौतीलगायतका ठाँउमा सांस्कृतिक र्यालीसहितको त्य छि त्य कार्यक्रम हुँदैछ ।

आजका दिनलाई धान्य पूर्णिमाका रुपमासमेत मनाउने गरिन्छ । आजै काठमाडौंका ज्यापू समुदायले १५ औ राष्ट्रिय ज्यापू दिवस मनाउँदैछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *