Sajhamanch Archive

अर्थतन्त्र आत्मनिर्भर बनाउन सरकार लागि परेको छ अर्थमन्त्री खतिवडा

Published: in अर्थतन्त्र by .

बाँके । अर्थमन्त्री डा। युवराज खतिवडाले आत्मनिर्भर अर्थतन्त्रका लागि राज्यले केही बस्तु संरक्षणको नीति लिएको बताउनुभएको छ ।

आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै मन्त्री खतिवडाले सिमेन्ट, चिनीलगायतका केही आधारभूत बस्तुमा सरकार आत्मनिर्भर हुन चाहेको बताउनुभयो ।

कृषि र पशुपालनमा सरकारले किसानलाई सहयोगको नीति लिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । अर्थमन्त्री खतिवडाले नेपाली किसानको दूध बिक्री नहुने र विदेशबाट धुलो दूध आयात भइरहने अवस्था आउन नदिन सरकारले किसानलाई सहयोग गर्ने नीति लिएको स्पष्टिकरण दिनुभयो ।

सरकारले करको दरभन्दा पनि दायरा बढाउने नीति लिएको भन्दै अर्थमन्त्री खतिवडाले कर नतिरेका व्यक्ति र क्षेत्रलाई करको दायरामा ल्याउन सरकार लागि परेको बताउनुभयो ।

पूँजी निर्माणको अभिन्न अङ्ग राजश्व भएको बताउँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र सधैँ विदेशी पूँजीमा निर्भर रहनु नसक्ने दाबी गर्नुभयो ।

उहाँले करको दायरा फराकिलो हुँदै जाँदा पनि मूल्य अभिवृद्धि करको प्रक्रियामा सुधार नभएको भन्दै समग्र सुधारका लागि भन्सार व्यवस्थित गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *