Sajhamanch Archive

आयसर ट्रयाक्टर किन्ने २३ जनालाई सुनको सिक्का

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । द हविअटो टेड्रिङ प्रालिले आफ्ना २३ जना ग्राहकलाई आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा सुनको सिक्का प्रदान गरेको छ ।

आयसर ट्रयाक्टरको खरिदमा सुनको बहार अभियान अन्तरगत २३ जना भाग्यशाली ग्रहकलाई ५ ग्रामका सुनको सिक्का प्रदान गरेको हो ।

कम्पनीका अध्यक्ष उमेश मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा आयसर ट्र्याक्टर्सका सहप्रबन्धक बिजेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्य रहेको थियो ।

कम्पनीका बजार व्यवस्थापक चन्दनदिप सिंह तथा क्षेत्रीय प्रबन्धक प्रकाश कोइरालाले द हविअटो टेड्रिङको व्यावसायिक यात्रासहित यसले बिक्री वितरण गर्दै आएका सवारी साधनहरुका बारेमा जानकारी गराएका थिए ।

संचारकर्मी सुरज प्रधानले सञ्चालन गरेको सो कार्यक्रममा कम्पनीका शाखा प्रबन्धक रमेश पुरीले सर्भिस सेवाबारे जानकारी गराएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *