Sajhamanch Archive

माध्यमिक तहसम्म पुग्दैनन् ७८ प्रतिशत विद्यार्थी

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले विद्यालय खुद भर्नादरमा ठूलो फड्को मारेको तथ्यांक प्रस्तुत गरेपनि माध्यमिक तहमा ७८ प्रतिशत विद्यार्थीहरु विद्यालय बाहिर नै छुट्ने गरेका छन् ।

यसरी हेर्दा कक्षा १ मा भर्ना भएका विद्यार्थीहरु माध्यमिक शिक्षा पूरा नै नगरी विद्यालय छोड्ने गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७४ को तथ्यांकअनुसार कक्षा १ मा खुद विद्यार्थी भर्ना दर ९७।२ प्रतिशत पुगेको छ । तर माध्यमिक तह ९कक्षा ९–१०० सम्म आइपुग्दा ३५ प्रतिशत र कक्षा ११–१२ मा आइपुग्दा ७८ प्रतिशत विद्यार्थीहरु विद्यालय बाहिर नै रहन गएको अवस्था छ ।

शिक्षा मन्त्रालयको २०७४ को तथ्यांकलाई हेर्ने हो भने कक्षा १० मा विद्यार्थीको टिकाउ दर हरेक २ जनामा १ जना रहेको छ भने कक्षा १२ मा दिकाउ दर हरेक ६ जनामा १ जनामात्र रहेको छ । त्यति ठूलो संख्यामा विद्यार्थीहरु विद्यालय छोड्छन् तर त्यको कारणको गम्भिर अध्ययन भने हुन सकेको छैन ।

संविधानले शिक्षालाई मौलिक हकको रुपमा व्यवस्था गरी माध्यमिक तहसम्मको शिक्षा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चितता गरेको छ तर ७८ प्रतिशत बालबालिकाले माध्यमिक तह पार नगर्नु भयावह स्थिति भएको शिक्षाविद्हरु बताउँछन् ।

शिक्षा मन्त्रायलका सह–सचिव हरि लम्सालले विद्यार्थीलाई विद्यालयमा टिकाइराख्नु अहिलेको ठूलो चुनौतीको रुपमा रहेको बताए । उनले धेरै पहिलेदेखि नै विद्यालयमा दिवा खाजालगायतको व्यवस्था गरिएपनि माध्यमिक तहसम्म बालबालिका टिकाइराख्न चुनौती रहेको बताए ।

उनले कठिन समूहका अधिकांश बालबालिका विद्यायको पहुँचमै नआउने र आउने मध्यपनि रोजगार, कमाउनुपर्ने पारिवारिक बाध्यता र बालिकाको हकमा विवाह गरेर जाने हुँदा ड्रप आउटको डरलाग्दो अवस्था सृजना भएको बताए ।
उनले चाडैं लागु हुन लागेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले यसको अध्ययन गरेर सुधारको कार्य थाल्ने जानकारी दिए ।

अर्थ मन्त्रालयको प्रतिवेदनलेसमेत थप प्रयास गर्न सुझाव
अर्थ मन्त्रालयले सार्वजनिक गरेका आर्थिक वर्षको प्रथम आठ महिनाको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसारसमेत ०७४–०७५ अनुसार आधारभूत तह पनि पास नगरी पढाइ छाड्नेको संख्या उच्च रहेको उल्लेख गरेको थियो । प्रतिवेदनमा विद्यालय तहमा विद्यार्थीलाई टिकाइ राख्न थप प्रयास गर्नुपर्ने उल्लेख गरेको थियो ।

झण्डै ९५ प्रतिशत बालबालिका विद्यालयमा भर्ना भए पनि बीचैमा कक्षा छोड्ने, अनुत्तीर्ण भएर तथा अन्य विविध कारणले विद्यालय शिक्षा, कक्षा १२ सम्मको पढाइ पूरा नगर्दै बीचमै पढाइ छोड्नेको संख्या ठूलो देखिएको उल्लेख छ ।
सर्वेक्षणले कक्षा ८ सम्मको विद्यार्थीको टिकाउ दर ७७।४ प्रतिशत मात्रै रहेको देखाएको छ । भने ७ प्रतिशतले कक्षा दोहोर्याउने गरेको र झण्डै ४ प्रतिशतले बीचैमा पढाइ छाड्ने गरेको देखिएको छ ।

शैक्षिक सत्र २०७४ मा कक्षा १ देखि ५ मा खुद भर्नादर ९७ प्रतिशतभन्दा बढी देखिएको छ । आधारभूत तहमा कक्षा ६ देखि ८ मा ८७ प्रतिशत रहेको छ भने मध्यमिक तहको खुद भर्ना दर ४४ प्रतिशत रहेको छ । प्रतिवेदनअनुसार आधारभूत तहमा भर्ना भएकामध्ये १० कक्षासम्म टिकाउ दर ५७ प्रतिशत र कक्षा १२ सम्म १७ प्रतिशत मात्रै रहेको उल्लेख गरेको थियो ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गर्यो यस्तो प्रस्ताव

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा माध्यमिक शिक्षा व्यवस्थापनसम्बन्धी नीतिअन्तर्गत औपचारिक रुपमा कुनै पनि किसिमको माध्यमिक विद्यालयमा अध्ययन गर्न नसेकका वा माविको उच्च कक्षासम्म पुग्दा बीचमै पढाइ छोड्न बाध्य भएका लाखौँ युवाहरुलाई माध्यमिक शिक्षाको पहुँचभित्र ल्याउन सबै तहका सरकारको लगानी र पहलमा माध्यमिक वा आधारभूत विद्यालयको परिसरमा सामुदायिक सिकाइ केन्द्र, सिप तालिम केन्द्र, कामपछिको बिहान र बेलुकाको विद्यालय र सामुदायिक सूचना केन्द्र स्थापना र संचालन गर्ने नीति अवलम्बन गरिने भनेर प्रस्ताव गरेको छ ।

नीति अन्तर्गत त्यस्ता संरचनाबाट उत्तिर्ण विद्यार्थीलाई पनि समकक्षताको प्रमाणपत्र र उच्च शिक्षामा जाने अवसर प्रदान गर्ने नीति लिइने प्रस्ताव गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *