Sajhamanch Archive

इरानका प्रशिद्ध ब्यापारी बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसी

Published: (Updated: ) in मिडियाबाट साभार, by .

काठमाडौं । इरानका प्रशिद्ध ब्यापारी हामिद रजा बाकेरीलाई भ्रष्टाचारको आरोपमा फाँसीको सजाय दिइएको छ । बाकेरीलाई भ्रष्टाचार र इन्धन तस्करीको आरोपमा फाँसीको सजायँ दिइएको हो ।

इरानमा यसै वर्ष सुरु भएको भ्रष्टाचार विरोधी अभियानअन्तर्गत फाँसीको सजाय पाउने हामिद रजा बाकेरी तेस्रो उद्योगपति हुन् । इरानमा उनी ‘अलकत्राको राजा’को नामले परिचित थिए । उनले नक्कली काजगात पेश गरेर सरकारी बैंकबाट ठूलो मात्रामा ऋण लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो ।

बाकेरीलाई भ्रष्टाचारको आरोपमा सन् २०१४ मा पक्राउ गरिएको थियो । उनीमाथि लगाइएको आरोप अलकत्रा खरिदसँगसमेत जोडिएको थियो । यसअघि सन् २००७ मा समेत तस्करीको आरोपमा उनलाई पक्राउ गरिएको थियो । तर उनी रिहा हुन सफल भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *