Sajhamanch Archive

ज्वालामुखीका कारण पुनः सुनामीको खतरा, मृतकको संख्या दुई सय २२ पुग्यो

Published: in राष्ट्रिय समाचार, by .

इन्डोनेसिया। ज्वालामुखीपछि आएको आँधीका कारण इन्डोनेसियामा मृत्यु हुनेहरुको संख्या २२२ पुगेको छ ।

इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आँधीले सयौँ घरहरुलाई असर पारेर भत्किएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको हो ।

नाटकीय यस ज्वालामुखी र आँधीको भिडियोहरु सामाजिक संजालमा देखिएका छन् । ती भिडियोहरुमा आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएकोलगायतका दृश्यहरू देखिएको थियो ।

“दृश्यहरु आशु झर्ने खालका थिए,” स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् ।

पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २२२ पुगेको पुष्टी भएको छ भने ८५३ जना घाइते भएका र २८ जना बेपत्ता भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *