Sajhamanch Archive

दिलकुमारी बचाउन खुदुनाबारीमा समिति

Published: in समाज by .

खुदुनाबारी । झापाको अर्जुनधारा २ कि दिलकुमारी नेम्वाङ मुटु रोगबाट पीडित छन् । आर्थिक रुपमा विपन्न नेम्वाङको जायजेथा बेचबिखन गर्दा पनि उपचार खर्च पूरा गर्न सम्भव नहुने भएपछि उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ । स्थानीय बासिन्दाले नेम्वाङ बचाउ समिति गठन गरेर सहयोगको अपील गरेका छन् ।

परिवारको अनुरोधमा नै स्थानीयले समिति बनाएर उपचार सहयोगको याचना गरेका हुन् । दिलकुमारीको मुटुको धमनीमा पाँचवटा पाइप हाल्नुपर्ने स्वास्थ्यकर्मी खगेन्द्र लिङ्देनले जानकारी दिए । नेम्वाङको गंगालाल हृदय रोग उपचार केन्द्रमा उपचार भइरहेको छ ।

उनको उपचारका लागि ८ लाख रुपैंयाँ खर्च लाग्ने अस्पताललाई उधृत गर्दै समितिले जनाएको छ । ६३ वषर््ीिया नेम्वाङका चारजना छोरा छन् । यसअघि रोग पत्ता लगाउनका लागि चेकजाँचमा भएको जायजेथा सबै सकिएको छोरा अमर नेम्वाङले जानकारी दिए ।

स्थानीय राजा साँवाको संयोजकत्वमा गठित समितिले सहयोगको याचनासहित रकम संकलन गर्न शुरु गरेको हो । समितिले आह्वान गरेको छलफलको क्रममा लगभग ५० हजार रुपैंयाँ संकलन भएको कोषाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनले ८ लाख रुपैंयाँ संकलन गरेर दिलकुमारीको उपचार गर्न समिति प्रतिबद्ध रहेको बताए ।

आगामी माघ २१ गते नेम्वाङको अपरेसनको मिति तय भएको पनि श्रेष्ठले जानकारी दिए । उनले नेम्वाङको उपचारमा सहयोग गर्न सम्पूर्णमा आग्रह गरेका छन् ।

दिलकुमारी नेम्वाङ बचाउ अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारीसहितका जनप्रतिनिधि एवम् समावसेवीहरुले नेम्वाङको जीवन बचाउन सामुहिक अपील गरेका छन् । उनीहरुले दिलकुमारीको उपचारबाट रकम बचेमा आर्थिक विपन्न अन्य बिरामीका लागिसमेत स्थानान्तरण हुने गरी समितिले कार्यविधि बनाएर अघि बढ्नेमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *