Sajhamanch Archive

बिर्तामोड–अर्जुनधारा सडकमा प्रवेशद्वारको शिलान्यास

Published: in राष्ट्रिय समाचार, स्थानीय तह, by .

अर्जुनधारा । बिर्तामोडबाट अर्जुनधारा नगरपालिका प्रवेश गर्ने मुख्य मार्ग बिर्तामोड–शनिश्चरे सडकको महानन्द चौक खण्डमा निर्माण गरिने प्रवेशद्वारको आज वैदिक विधिपूर्वक शिलान्यास गरिएको छ ।

अर्जुनधारा नगरपालिकाले बिर्तामोड तर्फबाट आफ्नो नगरमा प्रवेश गर्ने मुख्य प्रवेशस्थलमा नगरको बस्तुस्थिति एवम् विशेषता झल्कने आकृतिहरु सहितको गेट निर्माणका लागि आज शिलान्यास गरिएको हो ।

अर्जुनधारा वडा नं. ६ र बिर्तामोड वडा नं. ५ को सीमास्थल महानन्द चौकमा निर्माण हुने प्रवेशद्वारको प्रदेशसभा सदस्य बृख प्रधान, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार राना र बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुबकुमार शिवाकोटीेले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।

नगरपालिकाको स्वीकृत वार्षिक बजेटअनुसार महानन्द चौकमा स्वागत द्वार र फाइबरका ६ वटा शालिक निर्माणका लागि ३५ लाख रुपैयाँ बराबरको लागत खर्च हुने अनुमान गरी गेट निर्माण गरिने भएको हो । जसमा प्रवेश मार्गमा प्रवेशद्वार निर्माणका लागि २० लाख रुपैयाँ र ६ वटा शालिक निर्माणका लागि १५ लाख रुपैयाँ गरी ३५ लाख रुपैयाँ बजेट अर्जुनधारा नगरपालिकाले छुट्याइसकेको जनाइएको छ ।

महानन्द चौकमा निर्माण हुने प्रवेशद्वारमा गाईसहितको पाण्डुपुत्र अर्जुनको शालिक ९ फुट उचाइको रहनेछ । त्यसमा आदिकवि भानुभक्त आचार्य, कवि मोतीराम भट्टको अर्धकदको शालिक र साहित्यकार महानन्द सापकोटाको पूर्ण कदको शालिक निर्माण हुने गेट निर्माण उपभोक्ता समितिका अध्यक्ष मित्र खतिवडाले बताए ।

उपभोक्ता समिति सक्रिय भएर काम गरी आगामी २०७६ वैशाख मसान्तभित्रमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको अध्यक्ष खतिवडाले जानकारी दिए ।

अर्जुनधारा वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतमको अध्यक्षतामा सम्पन्न गेट शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, बिर्तामोड वडा नं. ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन समेतले आफ्ना धारण राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *