Sajhamanch Archive

सहकारीले दियो वडाध्यक्षलाई गमला र अशोका

Published: in समाज, सहकारी by .

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ केर्खामा रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्था र दमक नगरपालिका वडा नं. ६ मा रहेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले आज (पुष १० गते) दमकमा अशोकका विरुवा र गमला वितरण गरेका छन् ।

‘हरित दमक, समृद्ध दमक’ कार्यक्रम सफल बनाउन सहकारीको स्वच्छ वातावरण र सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई पछ्याउँदै ती दुई सहकारी संस्थाले दमक ६ का वडाध्यक्ष टेकबहादुर थापालाई गमलासहित अशोकका विरुवा हस्तान्तरण गरेका हुन् ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष बलराम गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा दमक वडा नम्बर ६ का अध्यक्ष थापाले हरित दमक समृद्ध दमक बनाउने योजनालाई सहयोग पुर्याएकोमा दुइवटै सहकारी संस्थालाई धन्यवाद दिए । सो अवसरमा वडाध्यक्ष थापाले वातावरण स्वस्च्छ राखौं, फुटपाथ अवरोध गरी व्यापार व्यावसाय नगरौं भन्ने सूचना राखिदिएकोमा युनाइटेड फाइनान्स कम्पनीलाई पनि धन्यवाद दिए ।

दुईवटै सहकारी संस्थाले २५ थान गमला र २५ थान अशोकका विरुवा वडाध्यक्षलाई प्रदान गरेको स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मानबहादुर मगरले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *