Sajhamanch Archive

भिजन सहकारीमा प्रकाशले गरे नेतृत्व

Published: in सहकारी by .

बिर्तामोड । न्यू भिजन बचत तथा ऋण सहकारी संस्थामा चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।

पुष ९ गते सोमबार सम्पन्न संस्थाको ५औं वार्षिक साधारणसभाबाट प्रकाश घिमिरे अध्यक्ष रहेको नयाँ नेतृत्व चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा वीरेन्द्र उदास, सहसचिवमा निर्मल भण्डारी, कोषाध्यक्षमा मेघराज कार्की चयन भएका छन् ।
संस्थाको सञ्चालक सदस्यहरुमा शैलेन्द्र शर्मा, मनोज अग्रवाल, सोहन श्रेष्ठ, सन्तोष चापागाईं छनोट भएका निर्वाचन समितिका संयोजक डिल्ली दाहालले बताए ।

यसैगरी, लेखा समितिको संयोजकमा कमलकुमार कार्की र सदस्यहरुमा सिर्जना अग्रवाल तथा खड्क श्रेष्ठ चयन भएको जनाइएको छ ।
झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख सबिना बस्नेत, पत्रकार राजेन्द्र गौतम, एसबीआई बैंक तेह्रथुम शाखा प्रमुख बिनोद कपुरीलगायतले बोलेका थिए ।

५८ लाख ३७ हजार ५०० सय रुपैयाँ शेयर पूँजी रहेको सो सहकारीले १ करोड ४२ लाख २० हजार रुपैयाँ निक्षेप तथा १ करोड ७७ लाख १७ हजार ५५४ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थामा ८९६ जना शेयर सदस्य रहेका छन् ।

सहकारीले पाँच शीर्षकमा भावी कार्यक्रमको खाका तयार गरेको साभारणसभामा प्रस्तुत वार्षिक कार्ययोजनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *