Sajhamanch Archive

दुई घण्टा लामो प्रचण्डको जवाफ : परिमार्जनसहित प्रतिवेदन पास गरौँ

Published: in राजनीति by .

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो धारणा राखेका छन् ।

मंगलबार बिहान बसेको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐतिहासिक भएको बताए ।

उनले दुई अध्यक्षले संयुक्त रुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनबारे पार्टीका नेताहरुले दिएको सुझावलाई समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नु पर्ने पनि धारणा राखेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए ।

प्रचण्डले करिब पौने दुई घण्टा धारणा राखेका थिए ।

आज प्रधानमन्त्री केपी ओलीले पनि बैठकमा घारणा राख्ने कार्यतालिका रहेको थियो । तर, समय अभाव भएपछि अध्यक्ष ओलीले भोलि मात्र आफ्नो धारणा राख्ने भएका छन् ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *