Sajhamanch Archive

राजपा नेपालको बैठक बल्ल

Published: in राजनीति by .

काठमाडौं । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल अध्यक्षमण्डलको बैठक पार्टी कार्यालयमा शुरु भएको छ ।

राजेन्द्र महतो अध्यक्षमण्डलको संयोजक भएपछि पहिलोपटक बैठक बसेको हो । महतो मंसिर ४ गतेको बैठकबाट संयोजक बनेका थिए ।

महन्थ ठाकुरलाई हटाएर संयोजक बनेपछि पार्टीमा असन्तुष्टि बढेको थियो । र, सोही असन्तुष्टिका कारण बैठक बसिरहेको थिएन । हिजै एकबजे बस्ने भनिएको बैठक आज ११ बजेका लागि सारिएको थियो ।

आज पनि बैठक बस्ने कि नबस्ने अन्योल थियो तर महन्थ ठाकुर आएपछि बैठक बसेको हो । बैठकमा महाधिवेशन, पार्टीको सांगठनिक संरचना, विधान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

राजेन्द्र महतो राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको संयोजक भएको आज एक महिना सात दिनपछि बैठक बसाउन सफल भएका हुन् ।

मंसिर ४ गते बसेको राजपा अध्यक्षमण्डलको बैठकबाट महन्थ ठाकुरलाई हटाएर संयोजक बनेका महतोले पटक–पटक बैठक बसाउने प्रयास गरेपनि उनी सफल हुन सकिरहेका थिएनन् ।
संयोजक भएर पनि पार्टीको बैठक बसाउन नसकेको भन्दै महतोको बारेमा असफल नेताको रुपमा टिप्पणी शुरु भएको थियो ।

संयोजक भएपछि उनले पहिलोपटक मंसिर १० गते अध्यक्षमण्डलको बैठक बोलाएका थिए तर सो बैठकमा महन्थ ठाकुर र राजकिशोर यादव अनुपस्थित भएपछि अर्को सो बैठक ११ गतेका लागि सारिएको थियो ।
मंसिर ११ गतेको बैठकमा पनि महन्थ ठाकुर अनुपस्थित भएपनि सो बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि बैठक बसाउनका लागि महतो आन्तरिक गृहकार्यमा लागेका थिए । तर बैठक बस्ने वातावरण बनेको थिएन् ।

त्यसपछि महतो मंसिर १४ गते महन्थ ठाकुरलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यहाँ उनले ठाकुरलाई भनसुन गरेर बबरमहलस्थित पार्टी कार्यालयसम्म त ल्याउन सफल भएका थिए तर बैठक बसाउन सकेका थिएनन् ।
पार्टी कार्यालयमा आएर ठाकुरले भनेका थिए, ‘म उपचारका लागि दिल्ली जाँदैछु, तपाईहरु बसेर छलफल गर्दै गर्नुस् उताबाट फर्केपछि बैठक बसेर टुँगो लगाउँला ।’

उपचारका लागि भन्दै महन्थ ठाकुर मंसिर १६ गते दिल्ली पुगेर २२ गते फर्के । तर, त्यो बीचमा संयोजक महतोले पार्टीभित्र कुनै गृहकार्य गर्न सकेका थिएनन् ।
महन्थ ठाकुर दिल्लीबाट फर्के पनि बैठक बसाउने प्रयासमा महतो सफल हुन सकेका थिएनन् ।

मंसिर २५ गते महतो र ठाकुर एकैसाथ जनकपुर पुगेका थिए । विवाह पञ्चमीमा जन्तीका रुपमा जनकपुर आएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई दुवैजनाले एकसाथ भेटेका थिए ।
विवाहपञ्चमीमा भाग लिनका लागि जनकपुरमा अध्यक्षमण्डलका ६ जना नेता उपस्थित थिए । त्यहाँ पनि बैठक बसाउने प्रयास भएको थियो तर संयोजक महतो त्यो प्रयासमा पनि सफल भएका थिएनन् ।

जनकपुरबाट बैठक बस्ने भनि महतो र ठाकुर काठमाडौ फर्के । काठमाडौ फर्केर पनि महतोले बैठक बसाउन निकै प्रयास गरे तर त्यो प्रयासमा पनि उनी चुकेका थिए ।

१४ गते अघि पनि मंसिर ६ गते संयोजक महतो ठाकुरलाई भेट्न उनकै निवास पुगेका थिए । सो भेटमा ठाकुरले महतोलाई भनेका थिए, ‘बैठक बसेर तपाईहरु निर्णय गर्नुस् त्यसमा म हस्ताक्षर गरि दिन्छु ।’ स्रोत भन्छन्, त्यसमा पनि महतो राजी भएनन् । उनले बैठक बसेर सबै समस्या समाधान गर्न ठाकुरसँग प्रस्ताव गरेका थिए ।

त्यसपछि ठाकुरले आफ्ना पक्षका नेताहरुसँग छलफल गर्न महतोलाई भनेका थिए । महतोले त्यसको भोलिपल्ट ठाकुर पक्षका मानिएका वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, डा।विजय सिंह, गोविन्द चौधरीसँग भेटेका थिए । भेटमा उनीहरुले अध्यक्षमण्डलको बैठकले ठाकुरलाई अपमान गरेको कुरा राखेका थिए । त्यसको समाधान गर्न पनि उनीहरुले महतोलाई सुझाएका थिए । महतोले बैठक बसेपछि सबै समस्या आफंै समाधान हुने कुरा राखेपछि कुरा मिलेको थियो ।

त्यसपछि मंसिर १० गतेका लागि १ बजे बस्ने भनि अध्यक्षमण्डलको बैठक तय भएको थियो । बैठकमा सबैजना आउने कुरा तय भएको थियो । त्यसअघि मंसिर १० गते राजपा नेपाल अध्यक्षमण्डलका सबैजना नेता प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटारबाट फर्केपछि बैठक बस्ने तय थियो । १ बजे बस्ने भनिएको बैठक २ बजेको लागि सारिएको थियो तर महन्थ ठाकुर अस्वस्थ्य भएको खबर आएपछि बैठक स्थगित भएको थियो ।

बैठक बुधवार ११ बजे पार्टी कार्यालयमा बस्ने तय भएपनि बस्न सकेको थिएन । पार्टी कार्यालयमा संयोजक महतो, अध्यक्षमण्डलका सदस्यहरु महेन्द्रराय यादव र शरतसिंह भण्डारी प्रतिक्षामा बसेका थिए । ११ बजे बैठक बस्न नसकेपनि महन्थ ठाकुर अढाई बजे पार्टी कार्यालय आएपछि बैठक शुरु भएको बताइएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *