Sajhamanch Archive

भ्रष्टचारको कथा लिएर माघमा प्रधानको : सय कडा दश

Published: (Updated: ) in टिप्स/जानकारी by .

बिर्तामोड । नेपाली कथानक चलचित्र ‘सय कडा दश ’आगामी माघ १८ गतेदेखि देशभर प्रदर्शन गरिने भएको छ ।

बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत गर्दै निर्माता रज्जु प्रधान तथा निर्देशनक राम सरण पाठकले चलचित्र देशभर लाग्ने जानकारी गराए ।

चर्चित्रमा कमेडिएन मनोज गजुरेलले पहिलो पटक अभिनेताका रूपमा अभिनय गरेका छन्। समाजको यथार्थ घटना प्रस्तुत गरिएको चलचित्रमा रोचकता पनि रहेको चलचित्र युनिटको दाबि छ ।

चलचित्र निर्देशक पाठकले भने यसअघि मैले निर्देशन गरेको प्रेमगीत अपार सफल भएकाले यो चलचित्र सफल हुने विश्वास लिएको छु किनकि देशको सानो निकायबाटै मैलाएको भ्रष्चारको यथार्थ पक्ष यहाँ प्रस्तुत गरिएको छ ।

भष्टाचारका कारण प्रेम, समाज र परिवारमा प्रत्यक्ष रुपमा परेको नकारात्मक प्रभावलाई चलचित्रमार्फत उठान गरिएको बताइएको छ ।

करीब डेढ करोड लागतमा निर्माण गरिएको उक्त चलचित्र पोखरा, काठमाडौँ, सिन्धुली, पाँचथर, लगायतका ठाउँमा सुटिङ गरिएको बताइएको छ ।

कथाकार रज्जु प्रधानलका अनुसार ‘भ्रष्टाचारको मुल मुद्धमलाई उठाउँदै आफूले मात्रै खानुपर्छ, अरुलाई दिनुहुन्न भन्ने मानसिकताको चित्रणको कथा फिल्ममा रहेको जानकारी गराइन ,’उनले भनिन् परा पुर्व कालदेखि हुनेखानेले १०० कडा दशले गरिव लाई पिल्साएको यथार्थता यसमा उठान गरिएको बताउँदै चलचित्र युवा वर्गको सकरात्मक कथा तथा भ्रष्टाचनरको मुल मुद्धा कथामा उतारेको तर्क गरिन् ।

चलचित्रमा हाँस्य अभिनेता मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने, रबि डङ्गोल लगायतले अभिनय गरेको चलचित्रका सह–निर्माता मनोज निरौलाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *