Sajhamanch Archive

बुधबार विदेशी मुद्राको भाउ घट्यो

Published: in अर्थतन्त्र by .

काठमाडौं । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको मूल्य केही पैसाले घटेको छ । तर मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४२ पैसा तोकेको छ । बुधबार १ डलरको १११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५२ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८१ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ ।
कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७० रुपैयाँ ११ पैसा तथा बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ६० पैसा र बिक्रीदर २९८ रुपैयाँ २० पैसा तोकिएको छ ।

मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *