Sajhamanch Archive

२२ तलाको टुप्पोमा बसेर काठमाडौं रेरिन्छ : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरेका छन् ।

ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरे ।

धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ ।

ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।’

धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने उनले बताए । उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको पनि बताए ।

२०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुने छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *