Sajhamanch Archive

मेचीनगरको साठीघेमा आगलागीः दर्जनौ घर जलेर नष्ट, आगो अझै नियन्त्रणमा आउन सकेन

Published: in राष्ट्रिय समाचार, समाज by .

काँकडभिट्टा । झापाको मेचीनगर ६ स्थित साठीबिघे भन्ने ठाउँमा अहिले आगलागी भइरहेको छ । यो समाचार तयार पार्दासम्म दर्जनौं घर जलेर नस्ट भएको स्थानीय सहकर्मीले बताएका छन् । अहिले राति करिब ८ बजेदेखि लागेको आगो साढे ९ बजेसम्म निभाउन सकिएको छैन ।

ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय बासिन्दा र सुरक्षाकर्मी लागीपरेका छन् ।

अगालागीबाट मानवीय क्षति भने भएको छैन । एकमात्र दमकल भएकाले आगो निभाउन कठिनाई भएको प्रहरीले जनाएको छ। बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकाको दमकल पनि आगो निभाउन त्यसतर्फ पठाइएको सम्बन्धित नगरपालिकाको दमकल शाखाले जनाएको छ ।

आगलागी भएको क्षेत्र काँकडभिट्टा बजारको बधशाला क्षेत्र पर्छ। फुसका घरहरु धेरै भएकाले आगो छिट्टो फैलिएको प्रतक्ष्यदर्शीको भनाई छ ।
आगलागीबाट को कसको घरमा क्षति भयो भन्ने बारे अहिले नै केही खुलाउन नसकिने स्थानीयबासीको भनाई उधृत गर्दै काँकरभिट्टा प्रहरीले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *