Sajhamanch Archive

साधारणसभामा दर्जनबढी सम्मानित

Published: (Updated: ) in सहकारी by .

मेचीनगर । काँकरभिट्टा स्थित आधूनिक बचत तथा ऋण सहकारी संस्थाले शनिबार विद्यार्थीसहित दर्जनबढीलाई पुरस्कृत र सम्मान गरेको छ । संस्थाको सातौ वार्षिक साधारणसभाका अवसरमा नियमित बचततर्फ रमा न्यौपाने, जेनीफुर मैनाली, मुनेश कोइराला र रुद्रमणि अर्याललाई पुरस्कृत तथा सम्मानित गरिएको छ । उनीहरुलाई नगद नगद १ हजार रुपैयाँसहित दोसल्ला र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी नगद १ हजार रुपैयाँ र दोसल्ला र प्रमाण पत्र नियमित कर्जा कारोवार गर्ने कल्पना क्षेत्री कट्वाल, रमा आचार्य, कर्णबहादुर राई, अनिलकुमार पूर्राकोटीलाई प्रदान गरिएको थियो ।

संस्थाका उत्कृष्ट सदस्यमा ठाकुरसिहं भट्टराई र पवित्रा भण्डारीलाई नगद १ हजार रुपैयाँसहित दोसल्ला र प्रमाण पत्र प्रदान गरियो । उत्कृष्ट कर्मचारीतर्फ कार्यालय सहायक प्रकाश आचार्य, बजार प्रतिनिधि उमा वस्नेत थापा तथा लालबहादुर राई पुरस्कृत भए । उनीहरुले जनही २ हजार रुपैयाँसहित दोसल्ला र प्रमाण–पत्र प्राप्त गरेका थिए । त्यसैगरी एसइइ परीक्षमा सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका सन्तान मध्ये दीक्षा राजवंशी र पुकार ओलीलाई जनही नगद १ हजार ५ सय रुपैयाँसहित दोसल्ला र प्रमाण पत्र प्रदान गरिएको थियो ।

पुरस्कृत एवम् सम्मानित सवैलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद सुरेन्द्रकुमार कार्की, बचत तथा ऋण सहकारी संघका झापा अध्यक्ष घनश्याम अधिकारीलगायतले पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद कार्कीले सहकारीमा सवै अट्न सक्ने भएकाले सहकारीले देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको विचार राखेका थिए ।

कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, राजनीतिक दलका प्रमुख प्रतिनिधिहरुले बोलेका थिए । उनीहरुले सहकारी सञ्चालनमा केही समस्या भए निक्षेपकर्ताको रकम जोखिममा पर्ने भन्दैं सहकारी सञ्चालनमा सञ्चालकले बेलैमा होस पुर्याउन आग्रह गरेका थिए । संस्थाका अध्यक्ष अंगतबहादुर थापाले कार्यक्रमको सभापतित्वमा गदैं वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष मेदनिप्रसाद खरेलले स्वागत र सचिव महत राजवंशीले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *