Sajhamanch Archive

बंगलादेशमा आज आमनिर्वाचन हुँदै

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । बंगलादेशका आज आमनिर्वाचन हुँदै छ । बंगलादेशको ११ औं आम निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयन हुने छन् ।

करिव १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिएको छ भने अप्रिय घटना हुन नदिन ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने विश्लषण गरिएको छ । विपक्षी दलका नेता खालिदा बेगम जिया भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले शेख हसिना वाजेदको पकड बलियो बनेको हो ।

यी दुई महिला नेत्रीले जनआन्दोलनको बलमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहमद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *