Sajhamanch Archive

अचार बनाउने तालिमा भद्रपुरका महिला

Published: in समाज by .

भद्रपुर । झापा भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताहरुलाई एक साता अचार बनाउने तालिम प्रदान गरेको छ ।

समूहको वार्षिक कार्ययोजना अनुसार गरिबी न्यूनिकरण कार्यक्रमअन्तर्गत ४० जना महिला उपभोक्तालाई अचार बनाउने तालिम दिइएको कार्यक्रम संयोजक तथा समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए ।

सहभागीहरुलाई झापाको अर्जुनधारास्थित शिव बाबा अचार तथा जुस उत्पादन उद्योगका सञ्चालक अचारविज्ञ दिनानाथ शिवाकोटीले अचार बनाउने तालिम प्रदान गरेका थिए ।

एक संक्षिप्त कार्यक्रमको आयोजना गरी अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले तालिमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले लघु उद्यमहरुबाट स्वरोजगार बन्न सकिने साथै सानो पूँजीमा पनि त्यस्ता उद्योग सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने बताए । उनले महिलाहरुलाई समूहमा आयमूलक प्रशिक्षण दिन नगरपालिकाले पनि भूमिका खेलिरहेको बताए ।

कार्यक्रममा बोल्दै समूहका अध्यक्ष हिराप्रसाद पोखरेलले चन्द्रगढी वन उपभोक्ता समूहमा आबद्ध उपभोक्ता गृहिणी महिलालाई पनि स्वरोजगार बनाउने उद्देश्यले सो तालिम प्रदान गरिएको जानकारी दिए ।

कार्यक्रम समापनका अवसरमा आज सहभागीलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रम संयोजक खतिवडाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *