सदैब जनताप्रति उत्तरदायी भएर काम गर्नेः नगरप्रमुख शाह
Published: (Updated: )
by .गौरादह । झापाको गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले आफुहरु सदैब जनताप्रति उत्तरदायी भएर काम गर्ने बताएका छन् ।
गरपालिकाको सेवा प्रवाहलाई सहज र चुस्त बनाउन माग गर्दै बुझाइएको ज्ञापन पत्र बुझ्ने क्रममा नगर प्रमुख शाहले नागरिकको खबरदारीले नै आफुहरुलाई पनि काम गर्दा उत्प्रेरणा मिल्ने बताए । उनले नगरका जनप्रतिनिधिहरु गौरादहबासीप्रति उत्तरदायी रहेकोमा विश्वस्त हुन आग्रह गरे ।
कर्मचारी अभावका कारण नगरपालिकाको सेवा प्रवाहमा केही समस्या देखिएको भन्दै नगर प्रमुख शाहले नगरबासीको हितमा पारदर्शी रुपमा काम गर्न जनप्रनितिधिहरुलाई खबरदारी गरेकोमा धन्यवाद दिए । नगरपालिकाले प्रकाशन गरेको बजेटमा दुई वटा शिर्षकको बजेट एकै ठाउँमा राख्दा रकम अन्तर फरक देखिन गएको प्रष्ट पार्दै नगर प्रमुखले कुनै पनि बिषयमा नगरसभाले दिएको अधिकार भन्दा बाहिर गएर काम नगरेको प्रष्ट पारे र
एक अर्कालाई दोशी देखाएर आरोप प्रत्यारोप गर्नु भन्दा समुन्नत गौरादह निर्माणका लागी सबैले बिकाशमा सहकार्य गर्नु पर्ने धारणा राखेका थिए । शाहले आपूmहरुले नगरसभाबाट पारित गरेका कुनै पनि वजेट कटौती नगरेको र भ्रष्टचार नभएको दावी गरे ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले महालेखा परिक्षकको सप्टवेयर प्रयोगको कारण विविध शीर्षकलाई एउटै शीर्षकमा लगाउँदा सभाले पारित गरेका बजेट हिसाव नमिलेकोले नागरिकको गुनासो आएको बताए ।
नगरपालिकाको काम सुस्त र दुरुस्त हुनु पर्ने माग राख्दै नगरबासीले ज्ञापन पत्र बुझाएका थिए ।
Comments