Sajhamanch Archive

प्रधानमन्त्री शेख हसिनाको दललाई बहुमत, २९८ मध्ये २८१ सिटमा जित

Published: (Updated: ) in राजनीति, by .

बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग अत्यधिक मतका साथ विजयी भएको छ।

आइतबार भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहोर्‍याएको हो। २९८ संसदीय क्षेत्रमध्ये अवामी लिगले २८१ मा जित दर्ता गरेको बंगलादेशका निर्वाचन आयोगले जनाएको छ। जितसँगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गरेकी छिन्। तर मुख्य विपक्षी दल ब‌ंगलादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणाम अस्वीकार गरेको छ।

उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ। बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन्। मतदान सुरु हुनु भन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिस्कार गरेका थिए। मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *