Sajhamanch Archive

सन् २०१८ संविधान कार्यान्वयन र संक्रमणकाल अन्त्यको वर्षः प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१८ संविधान कार्यान्वय र संक्रमणकाल अन्त्यको वर्ष भएको बताएका छन् ।

अङ्ग्रेजी नयाँ बर्ष २०१९ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सन् २०१८लाई राजनीतिक उपलब्धीको बर्ष पनि भनेका छन् । “ जन निर्मित नयाँ संविधान अनुसार निर्वाचनका माध्यमबाट तीनै तहका सरकार गठन भई वितेको वर्षमा राजनीतिक संक्रमणकालको अन्त्य भयो ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् । “संक्रमणकालीन संशयहरुलाई चिर्दै ‘समृद्ध नेपाल–सुखी नेपाली’को सङ्कल्पसहित हामी विकास र समृद्धिको महाअभियानमा अभिमुख छौं । राजनीतिक संघर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सक्यो । ”

प्रधानमन्त्री ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । “ अर्काे नयाँ वर्षको संघारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक विन्दुमा पुग्नेछ ” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् “ निर्वाचन मार्फत प्रकट जनचाहनालाई शीरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । ”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *