झापामा पहिलो पटक पूर्वाञ्चल फेसन विक हुने
Published: (Updated: )
by .मेचीनगर । झापाको काँकरभिट्टामा पहिलो पटक पूर्वाञ्चल फेसन विक हुने भएको छ । आर एस डान्स जुमले कार्यक्रमको तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलनमा गरी जानकारी गराएको हो । पूर्वाञ्चल फेसन विकको आयोजमा होटल ग्रीन प्यालेसमा बुधबार सम्पन्न हुने भएको छ ।
स्थानीय मोडलहरुमा रहेको प्रतिभालाई उजागर र उनीहरुलाई थप प्रेरणा प्रदान गर्न तथा मोडल तथा फेसन सो भन्ने वित्तिकै धेरैले नकरात्मक दृष्टिकोणले हेर्ने गरेकाले त्यसलाई सकरात्मक सन्देश दिन समेत कार्यक्रम आयोजना आयोजककातर्फबाट मिस प्लानेट नेपाल अलिसा अधिकारीले जानकारी दिईन् । कार्यक्रममा झापाको मेचीनगर, विर्तामोड, दमक सुरुङ्गाका स्थानीय ४५ जना मोडलले फेसन सो गर्ने छन् । त्यसमा सहभागी हुन प्रत्येक मोडलले आयोजकलाई तीन हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यसको कोरियोग्राफी भने नीलम गुरुङ हुन् । फेसन सो मा सिजनल फेसन सो गर्ने छन् । यसमा फेसन सो प्रतियोगितात्मक नहुने तर,सहभागी सवैलाई प्रमाणपत्र प्रदान गरिने छ ।
राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा म्यूजिकल नाईट, वेली डान्स, छमछमी सिजन १ की विजेता अनुजा अग्रवालको आर एस डान्स जुम विर्तामोडले नृत्य प्रस्तुत गर्ने अधिकारीको भनाई छ । कार्यक्रममा अग्रवाल तृष्णा गुरुङको पनि सहभागिता रहने छ । करिव छ सय देखि ७ सय सम्म दर्शकले कार्यक्रम हेर्ने अपेक्षा आयोजकको छ । यसका लागि आयोजकले टिकट दर भिआइपिका लागि ५ हजार तथा सर्वसाधाराणका लागि १ हजार, ५ सय तथा विद्यार्थीका लागि २ सय ५० रुपैयाँ कायम गरेको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको छ । अहिले स्टेज तथा वत्तीको काम भइरहेको छ ।
आयोजकले कार्यक्रम सम्पन्न गर्न करिव ४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । उस्को आम्दानीको स्रोत भने मोडलले बुक्राउने ३ हजार रुपैयाँ, टिकट विक्री मात्र हो । कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य उषा गुरुङले गर्ने तय भएको छ । पत्रकार सम्मेलनमा अधिकारी सहित कोरियोग्राफी नीलम गुरुङ, रोजन तिवारी, युवराज गौतमलगायतले पत्रकारको जिज्ञाशाको जवाफ दिएका थिए ।
Comments