Sajhamanch Archive

राष्ट्रसेवक सहकारीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

Published: in विविधा by .

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा अवस्थित राष्ट्रसेवक सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आज विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सहकारी संस्थाले सदमुकाम भद्रपुर ७ अन्जनीमोडमा अवस्थित भृकुटी प्राथमिक विद्यालयमा अध्ययनरत सबै ७८ जना छात्र छात्रहरुलाई जाडोमा लगाउने न्यानो कपडा स्वीटर वितरण गरेको छ ।

सहकारी संस्थाका अध्यक्ष वाशिष्ठ अधिकारीको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी जनक राज दाहालको प्रमुख अतिथ्यतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोख्रेल बिद्यालय व्वस्थापन समितिका अध्यक्ष खगेन्द्र लम्साल लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।भने कार्यक्रममा स्वागत संस्थाका उपादक्ष डिल्ली ढकालले र संचालन शिक्षा समिति संयोजक मनोज तिम्सिनाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *