Sajhamanch Archive

सतासीका सदस्यलाई मृत्यु राहत

Published: in समाज by .

बिर्तामोड । यहाँस्थित सतासी बहुमुखी सहकारी संस्थाले आफ्ना मृतक सदस्यहरुको नाममा तिनका परिवारलाई राहत प्रदान गरेको छ ।
संस्थाको सदस्य राहत नीतिअनुरुप अर्जुनधारा ७ का निर्मल काफ्ले र बिर्तामोड ५ का सुकमति राईको परिवारलाई २५ हजार रुपैयाँका दरले राहत प्रदान गरिएको हो ।

संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले दिएको जानकारी अनुसार मृतक दुवै सदस्यहरुले संस्थाबाट कर्जा लिएकाले दुवैको वक्यौतामध्ये ५० हजार रुपैयाँका दरले कर्जा मिनाहा पनि गरिएको छ ।

संस्थाको अर्जुनधारा इकाई उपसमितिका सदस्यसमेत रहेका काफ्लेको असामयिक निधनप्रति शोक व्यक्त गर्दै काफ्ले निवासमा गएर संस्थाका प्रतिनिधिहरुले सदस्य मृत्यु राहत र ५० हजार रुपैयाँ कर्जा मिनाहाको पत्र प्रदान गरेका हुन् ।

यस्तै बिर्तामोडको नयाँ बसपार्कमा होटल व्यावसाय गर्ने सुकमति राईको परिवारलाई पनि संस्थाले २५ हजार रुपैयाँ सदस्य मृत्यु राहत र ५० हजार रुपैयाँ कर्जा मिनाहाको पत्र प्रदान गरेको छ । सुकमतिका परिवारलाई पनि संस्थाले ७५ हजार रुपैयाँ राहत प्रदान गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *