Sajhamanch Archive

बिर्तामोडमा १३ दिने व्यापार मेला गरिँदै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले यही माघ ११ देखि २३ गतेसम्म बिर्तामोडमा अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवको तयारी गरेको छ ।

जुम्लाको मार्सी चामलदेखि पाकिस्तानको छालाका बस्तुहरुसमेतका गरी २०० वटा स्टल रहने अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवमा भारत, बंगालादेश, पाकिस्तान, थाइलेण्ड एवम् चीनका व्यापारीहरुले स्टल राख्ने जनाइएको छ ।

संघले आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी करिब २ लाख जनाले मेलाको अवलोकन गर्ने, २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने तथा एक करोड ५ लाख रुपैयाँ लागत अनुमान गरेको जानकारी दिएको हो ।

संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलजनमा बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवका संयोजक प्रकाश शिवाकोटीले प्रेस विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।

मेला सञ्चालन गर्न बिर्तामोड नगरपालिका ५ धर्मकाँटाको उत्तरतर्फको करिब तीन विगाहा तीन कठ्ठा जमिन व्यवस्थापन गरिएको, मेला सञ्चालनका लागि विभिन्न १० वटा उपसमितिहरु बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

संघका महासचिव भेषराज भण्डारी प्रशान्तले सञ्चालन गरेको पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले करिब १० वर्ष पहिले पनि वाणिज्य संघले मेला लगाएको स्मरण गराए । दोस्रो पटकको मेला भएकाले गुणस्तरीय वस्तुको स्टल संख्यात्मकरुपमा धेरैवटा सञ्चालन गर्ने पक्षमा संघ रहनुपर्ने सुझाव दिए ।

सो कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलाराम कार्कीले पूर्व क्षेत्रको व्यावसायिक एवम् पर्यटन प्रवद्र्धनमा मेला प्रभावकारी बन्ने अपेक्षा सुनाए ।

पत्रकार सम्मेलनमा उठाइएका जिज्ञासाहरुको उत्तर दिँदै अध्यक्ष भट्टराईले मेचीकै केन्द्रविन्दू बिर्तामोडको व्यावसायिक प्रवद्र्धनका लागि तथा जिल्लाका अन्य सहरकोभन्दा केही नयाँ एवम् फरक काम गर्न व्यापार मेला राम्रो औजार भएकाले आयोजना गर्न लागिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *