Sajhamanch Archive

कालिकाका बालबालिकालाई न्यानो कपडा प्रदान

Published: in समाज by .

मेचीनगर । झापाली समाज युएई र एक्सल डेभलपमेन्ट बैंकको संयुक्त आयोजनामा आज झापाको मेचीनगर १२ मा रहेको कालिका आधारभूत विद्यालयमा न्यानो कपडा प्रदान गरेको छ ।

कार्यक्रममा सो विद्यालयमा अध्ययन गर्ने निम्न आयस्तरका ५० जना विध्यार्थीहरुलाई ट्र्याक सुट र टोपी प्रदान गरिएको हो । झापाली समाज युएईका उपाध्यक्ष वीरेन्द्र थापाको सभापतित्व भएको कार्यक्रममा मेचीनगर १२ का वडाध्यक्ष नरेन्द्र धिमाल प्रमुख अतिथि रहेका थिए ।

मेचीनगर १२ का वडा सदस्य दिपक लामा, जनसुधार समाजका सचिव हरिकृष्ण भण्डारी, विचार चौतारी युवा क्लबका अध्यक्ष नेत्रप्रसाद मिश्र, नवकालिका युवा क्लबका सल्लाहकार संयोजक रेबत दाहाललगायतको आतिथ्यता कपडा वितरण गरिएको हो ।

झापाली समाज युएईका उपाध्यक्ष दुर्गेस सापकोटाले औचित्य माथि प्रकाश पारेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर थापा मगरले शाब्दिक स्वागत गरेका थिए ।

कार्यक्रमको संचालन झापाली समाज युएर्इ नेपाल सम्पर्क समिति सदस्य सुनिल चौहानले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *