Sajhamanch Archive

सरकार असफल नेपाली कांग्रेसका सभापति:देउवा

Published: in राजनीति by .

विराटनगर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार असफल भएको दाबी गरेका छन् ।

शुक्रबार विराटनगरमा सन्चारकर्मीहरुसित कुरा गर्दै देउवाले दुईतिहाइको दम्भमा रहेको वर्तमान सरकारबाट कामको अपेक्षा गर्न नसकिने बताए ।

‘वाइडबडी’ विमान खरिद प्रकरणमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको भन्दै उनले विमान खरिद प्रकरणका दोषीलाई सरकारले आवश्यक कानुन बनाएर कारबाही गर्नुपर्ने बताए ।

यस्तै, कर्मचारी अभावमा प्रदेशका काम प्रभावित भएकाले उनीहरुलाई आतंकित होइन, प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *