Sajhamanch Archive

फाल्गुनन्द गोल्डकप आज बाट शुरु हुदै : उद्घाटन खेलमा झापा ११ र ताप्लेजुङ

Published: in खेलकुद by .

नेपालका १६ औं विभुती महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको १० औं संस्करण आज शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ झापा र कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङबीच प्रतिस्पर्धा हुँदैछ । फिदिम मावी फिदिमको खेल मैदानमा शुरु हुने प्रतियोगिताको व्यवस्थापकीय सहित खेल मैदानमा संरचना निर्माण गर्ने काम सबै पुरा भएको आयोजक फिदिम स्पोर्टिङ क्लवले जनाएको छ । प्रतियोगिता फिदिम स्पोर्टिङ क्लव र पाँचथर जिल्ला फुटवल संघको संयुक्त आयोजनामा सुरु हुन लागेको हो । माघ २ गतेसम्म चल्ने प्रतियोगीतामा ३ विभागीय सहित भारत र नेपालका गरी १० टिमले प्रतियोगीतामा सहभागीता जनाएको फिदिम स्पोर्टिङ क्लवका महासचिव पासाङ तामाङल जानकारी दिनुभयो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले बिहान ११ बजे प्रतियोगीताको उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगीताको उद्घाटन खेल भने दिउँसो साडे १ बजे सुरु हुनेछ । प्रतियोगिता नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले ४ र उप विजेताले २ लाख रुपैंया प्राप्त गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *