Sajhamanch Archive

आज तोल ल्होसार पर्व मनाइँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

आज तोल ल्होसार पर्व मनाइँदैछ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ लगायत हिमाली भेगमा तोल ल्होछार पर्व मनाउने गरिन्छ ।

तोल ल्होसारलाई सबैभन्दा पुरानो ल्होसार मानिन्छ । तोलको अर्थ समयचक्र भन्ने हुन्छ ।

पुस शुक्ल प्रतिपदाको दिनमा मनाइने यो पर्वमा आगन लिपपोत गरी चोखो बनाएर पूजाआजा गरी मान्यजनबाट आर्शिवाद लिने र बाबरी रोटी, फुरौला, कन्दमुल आदि प्रसादका रुपमा खाने चलन छ । यसो गर्नाले देवताको विजय र भुतप्रेतको हार हुने विश्वास छ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *