Sajhamanch Archive

जर्मनीमा साइबर हमला,उच्च ओहोदाधारीको च्याट सार्वजनिक

Published: (Updated: ) in राजनीति by .

बर्लिन । जर्मनीका उच्च पदस्थ अधिकारीहरुको निजी गतिविधि सार्वजनिक भएपछि त्यहाँ साइबर हमला भएको ठानिएको छ । सो विषयलाई लिएर जर्मनीको साइबर सेक्युरिटी अथोरिटीमाथि आक्रोश समेत व्यक्त हुन थालेको छ । अथोरिटीलाई साइबर आक्रमणको जानकारी पहिला नै भएपनि प्रहरीलाई त्यसबारेमा खबर नगरेको भन्दै अथोरिटीको आलोचना भएको हो । यद्यपि अथोरिटीले भने आफूलाई ‘डेटा लिक’का बारेमा जानकारी नभएको बताएको छ ।

पछिल्लो साइबर हमलामा जर्मनीका चान्सलर एंजिला मर्केल समेत सयौं नेता, पत्रकार तथा विभिन्न क्षेत्रका हस्तीहरुका गतिविधि इन्टरनेट मार्फत सार्वजनिक गर्ने काम भएको छ । तर, कसले यस्तो कार्य गर्यो भन्ने खुलेको छैन । उच्च ओहोदाधारीको सम्पर्क सूची, व्यक्तिगत बाचचित(च्याट), आर्थिक मामिलासँग जोडिएका गतिविधिहरु ट्विटरमा सार्वजनिक गरिएको छ । दक्षिणपन्थी नेताहरु भने यो हमलाबाट जोगिएको पाइएको छ । यो हमला गएको डिसेम्बरमा नै भएपनि शुक्रबार मात्रै जर्मनीका सरकारी निकायले थाहा पाएको बताइएको छ ।

जर्मनीका गृहमन्त्रीले कसैले ह्याकिङ्ग गरेको हो वा कुनै डेटा लिनका लागि प्रयास गरेको हो भन्ने बारेमा प्रष्ट भइनसकेको जनाएका छन् । जर्मनीका चान्सलर मर्केलको इमेल ठेगाना र केही पत्रहरु अनलाइनमा सार्वजनिक भएका छन् । यो गंभीर खालको हमला भएपनि कति क्षति भयो भन्ने बारेमा आँकलन भइनसकेको जर्मन अधिकारीहरुले जनाएका छन् । हमलामा जर्मनीकै दक्षिणपन्थी समूह तथा रुसको हात हुन सक्ने अधिकारीहरुको आरोप रहेको छ|

– बाह्रखरी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *