Sajhamanch Archive

पत्रकार तिम्सिनालाई दुरव्यवहार गर्ने भट्टराइले माफी मागे

Published: in समाज by .

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० का खेम भट्टराईले पथरी शनिश्चरेका पत्रकार भूपेन्द्र तिम्सिनामाथि गरेको दुरव्यवहारप्रति माफी मागेका छन् ।

पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक एवम् ब्लाष्ट टाइम्स, मकालु टीभी, सप्तकोशी एफएममा आवद्ध तिम्सिनामाथि गरेको दुरव्यवहारप्रति भट्टराईले आत्मालोचनासहित माफी मागेका हुन् ।

‘सर्वोच्च अदालतको फैसला कार्यान्वयन संघर्ष समिति’ पथरी शनिश्चरेकातर्फबाट सचिव शिवप्रसाद भट्टराईका साथै रमेश राईसहितका पदाधिकारीको रोहवरमा भट्टराईले माफी मागेर आइन्दा त्यस्तो गल्ती नगर्ने बताएका हुन् । संघर्ष समितिको तर्फबाट समेत पदाधिकारीहरुले सो घटनाप्रति माफी मागेका छन् ।

पत्रकार तिम्सिनालाई भट्टराइले केही दिन पहिले सार्वजनिक स्थलमा नै गाली गलौचसहित दूरव्यवहार गरेको समाचार आएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *