Sajhamanch Archive

साङरुम्बाको ‘सटके पहिरो’ नियन्त्रणमा आउला !

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इलाम । जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी वि सं २०६७ मा नियन्त्रणको काम शुरु गरेको इलाम नगरपालिका १२ को पहिरो ६४ वर्षपछि नियन्त्रणमा आएको छ ।

पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० सालबाट बजेट विनियोजन गरी काम सुरु गरेको थियो । आर्थिक वर्ष २०६९/७० देखि निरन्तर तीन आर्थिक वर्षमा क्रमशः ३५ लाख, २२ लाख र १९ लाख ६७ लाख रुपैयाँ सरकारले खर्चिएको थियो ।

स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणको काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले जानकारी दिएका हुन् । पहिरो शुरु भएको क्षेत्रबाट तारजाली लगाई बग्न नदिएको र अन्य क्षेत्रमा बाँस लगायतको वृक्षरोपण गरिएको छ । पहिरोग्रस्त क्षेत्रमा अहिले हरियाली छाएको उपभोक्ता समितिको विश्लेषण छ ।

विसं २०२५ को भदौ, असोज र कात्तिक महीनामा आएको अबिरल वर्षापछि पहिरो नियन्त्रण बाहिर गएको थियो । पहिरो नियन्त्रण बाहिर गएपछि साङरुम्बा क्षेत्रमा ३०० परिवार भन्दा विस्थापित भएको धमप्रसाद जबेगुको दावी छ । उनकाअनुसार २०२५ सालमा २० घर दलित समुदाय र ३२ घरधुरी आदिवासी जनजाति समुदाय विस्थापित भएका थिए ।

पुवाखोलाबाट शुरु भएको पहिरोको लम्बाइ एक हजार ५०० मिटर र चौडाई ९०० मिटर रहेको स्थानीय रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादूर राईले जानकारी दिए । स्थानीयवासीको हरेक वर्ष विस्थापित हुनुपर्ने र खेतीयोग्य जमीन बनाउने क्रम पहिरोबाट बढेपछि २०२५ देखि नै नियन्त्रणका लागि सरकारलाई माग गरिँदै आएको थियो ।

‘सटके पहिरो’ नामले चिनिएको पहिरो नियन्त्रणको कार्यक्रम शुरु भएको वर्ष केही मात्रामा पहिरो बगे पनि अहिले पूर्णरुपमा नियन्त्रणमा आएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताए । २०११ सालबाट शुरु भएको पहिरोेका कारण तत्कालीन साङरुम्बाका पाँचवटा वडाका बासिन्दा जोखिममा परी हरेक वर्ष विस्थापित हुँदै आएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *