Sajhamanch Archive

लागूऔषधले पारेको जस्तो हुन्छ दिमागमा प्रेमको असर, अध्ययनको दाबी

Published: (Updated: ) in रोचक कुरा / टिप्स by .

काठमाडौं । कुनै पनि रोमान्टिक सम्बन्धको शुरूआत प्रेमले भरिएको हुन्छ । आफ्नो पार्टनरको सोच आउँदा मात्र पनि प्रायः मानिसको अनुहारमा प्रेमिल मुस्कान आउँछ अनि पार्टनरलाई देख्नेबित्तिकै मुटुको ढुकढुकी बढ्छ ।

तर कसैसँगको सम्बन्धमा आउने रोमान्टिक भावले दिमागको त्यही भागमा असर पार्छ जसमा कोकेन र गाँजाले बढी प्रभाव पार्छ । एक अध्ययनको प्रतिवेदनमा यो कुराको पुष्टि गरिएको छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अध्ययनमा १५ मानिसलाई समावेश गरे । तिनमा आठ नारी र सात पुरुष थिए । अनुसन्धानकर्ताहरूले सबै १५ जनालाई उनीहरूको पार्टनरको फोटो देखाएर उनीहरूको हातमा हल्का पीडाको अनुभव गराए ।
त्यससँगै अध्ययनमा संलग्न सबै मानिसको दिमागको एमआरआई परीक्षण गरियो । अनि सबैलाई हत्केलामा भएको पीडाका बारेमा बताइयो ।

अनुसन्धानकर्ताहरूले पाएको परिणामअनुसार, पार्टनरको फोटो देखेपछि मानिसमा पेनकिलर खाएजति नै असर भएको छ । त्यसबाहेक  परिणाम के पनि देखियो भने त्यसले दिमागको त्यही भागमा असर पर्छ जुन लागूऔषध लिएपछि हुन्छ ।

अनुसन्धानकर्ताहरूले के पाए भने पार्टनरको फोटो हेर्दा मानिसलाई चर्को पीडाको अनुभव १२ प्रतिशतसम्म कम भयो भने हलुका पीडाको अनुभव ४५ प्रतिशत कम भयो ।

अनुसन्धानकर्ताहरूले यसको गहिराइ बुझ्नका लागि अन्य गतिविधि पनि हेर्ने कोशिश गरे । यसका लागि अनुसन्धानकर्ताहरूले अध्ययनमा संलग्न मानिसहरूलाई सामान्य गणितीय समस्या दिएर उनीहरूको ध्यान पीडाबाट हटाएर त्यो अनुभवलाई कम गर्ने कोशिश गरे । परिणाममा के देखियो भने ध्यान हटाउँदा मानिसलाई पीडाको कम अनुभव भयो तर त्यसको असर फरक तरिकाले भयो ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *