Sajhamanch Archive

बिर्तामोडमा हिकभिजनको डिपीपी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । सिसि टिभी क्यामेराका लागि उत्कृष्ट उत्पादक कम्पनी हिकभिजनले शुक्रबार झापाको बिर्तामोडमा डिलर पार्टनरसीप प्रोगाम (डिपीपी)सहित तालिम सम्पन्न गरेको छ ।

बिर्तामोडको तेजस्वी कम्प्युटर सपोर्टको संयोजनमा आयोजित डिपीपीमा चाइनाको मुख्य कार्यालयका एशिया प्यासिफिक सेल्स म्यानेजर मार्टिन, टेक्निकल डिपार्टमेन्टका अर्वर्ट र क्वीङसाङले बजारीकरण तथा प्राविधिक विषयमा सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा सेफ्टी एण्ड सेक्युरिटीका सम्बन्धमा मणिकुमार तामाङ र कमल तामाङले सहजीकरण गरेका कार्यक्रम संयोजक तेजस्वी कम्प्युटर सपोर्टका प्रबन्ध सञ्चालक कृष्ण घिमिरेले जानकारी दिएका छन् ।

सो कार्यक्रममा सिसि टिभी क्यामेरासहितका विद्युतीय सामग्री उत्पादन गर्ने चिनियाँ कम्पनी हिकभिजनका तीसजनाभन्दा बढी पूर्वक्षेत्रका मुख्य बिक्रेताहरुको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *