Sajhamanch Archive

घैलाडुब्बामा आज भक्का दिवस

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । आज झापाको कनकाई नगरपालिका वडा नं. ९ घैलाडुब्बामा भब्यताका साथ भक्का दिवस मनाइएको छ । हरेक वर्षको पुष २९ गतेलाई भक्का दिवसका रुपमा लिन थालिएको हो ।

कनकाई ९ घैलाडुब्बामा कोचिला गाभुर फ्रन्टको आयोजना तथा कोच केन्द्र र आदिवासी जनजाति महासंघ कनकाई ९ नं. वडाको सहआयोजनामा भाका दिवस मनाइएको हो ।

भक्का दिवसमा सहभागीहरुलाई राजवंशी समुदायको विशेष परिकार भाका खुवाइएको थियो । राजवंशी समुदायले खाने बिशेष परिकार भाकाको संरक्षण तथा व्यावसायीकरणका लागि आयोजना गरिएको कार्यक्रममा ५०० भन्दा बढीको सहभागिता थियो ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न दिवस उद्घाटन समारोहमा उनले खाजाका रुपमा फास्टफुडहरु खानुभन्दा भाका खानु स्वास्थकर हुने सुझाव दिए । भक्कालाई जो–कोहीले, जुनसुकै उमेरका मानिसले खाजाका रुपमा लिन सकिने उनको भनाई छ ।

कोचिला गाभुर फ्रन्टका उपाध्यक्ष मोहन राजवंशीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *