Sajhamanch Archive

थारु समुदायको ठूलो पर्व माघी सुरु

Published: in राष्ट्रिय समाचार, समाज by .

थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

यो पर्वका अवसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ ।

माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन आज पुस ३० गते मासुको जोहो गरेर औपचारिक रुपमा माघीको सुरुवात गर्ने गरिन्छ ।

थारु समुदायका मानिस आज रातभर मघौटा र ढुम्रा गीत गाएर नाचगान गर्ने गर्दछन् ।

रातभर ढुम्रा गाएका थारु समुदायका मानिस भोलि बिहान नजिकैको नदी तालमा पुगेर विधि अनुसार स्नान गरि घर फर्किने गर्छन् ।

त्यसपछि उनीहरुले छोरी चेलीका लागि निसराउ तयार गर्दछन् । चामल, नुन, उर्द लगायतको एक प्रकारको कोसेलीलाई निसराउ भन्ने चलन छ ।

निसराउ तयारपछि ठूला बडासँग ढोगभेट गरि माघी मनाउने गरिन्छ ।

थारु महतवा संघ दाङका अध्यक्ष रामप्रसाद चौधरीले माघी पर्व बिशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गरेको जानकारी दिए ।

माघीको आगमनसँगै थारु समुदायको बाहुल्यता रहेको दाङलगायतका पश्चिम तराईका जिल्लामा रौनक बढेको छ ।

थारु समुदायले माघी पर्व एक हप्तासम्म मनाउने गर्दछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *