फाल्गुनन्द गोल्डकपः उपरकोटीको दुई गोलले झापा ११ बिजयी
Published: (Updated: )
by .पाँचथर । पाँचथर १० औं रुस्लाल फाल्गुनन्द गोल्ड कपको उपाधि झापा ११ ले हातपारेको छ । फिदिम उच्च माविमा आज भएको त्रिभुवन आर्मी क्लव र झापा ११ बीच भएको प्रतियोगितामा झापाले २ गोल गरेर आर्मीलाई हराएको हो ।
पहिलो खेलमा झापाकातर्फबाट पुजन उपरकोटीले एक गोल गरेका झापालाई अगाडी बढाए भने आर्मीले गोल फर्काउन सकेन । दोस्रो खेलमा आर्मीकातर्फबाट खेलको ७२औं मिनेटमा राजिभ गुरुङले एक गोल गर्न सफल भएपछि खेलको बराबरी भएको थियो । खेलको ८३ औं मिनेटमा पुनःउपरकोटी गोल थपेपछि झापा ११ले जीत हासिल गरेको हो ।
कडा र निकै रोचक प्रतिस्पर्धा भएको खेलमा पटक–पटक आर्मीले फ्रिकिकको अवसर सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु पर्यो । झापा ११ ले नगद ४ लाख सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ। त्यस्तै गरी उपविजेता बनेको आर्मी क्लबले नगद २ लाखमा मात्र चित्त बुझाउनु पर्यो ।
यस वर्षको फाल्गुनन्द गोलकपमा सर्वोकृष्ट खेलाडी झापाका देबेन्द्र तामाङ बने उनले यमाहकम्पनीको मोटर साइकल प्राप्त गरे । सर्वाधिक गोलकर्ता झापाका कर्ण लिम्बु, बेस्ट गोल किपर झापाकै मनोज प्रधान, बेस्ट, डिफेन्ड आर्मी क्लबका युद्ध शाही, बेस्ट कोच झापाका प्रवेस कटुवाल, सर्वोकृष्ट फरवाड झापाका दिलेन तोक्तान, र उदयमान खेलाडी आयोजक स्पोटिङ क्लवका प्रविन जवेगु बनेका थिए । त्यस्तै म्यान अफ दी म्याच झापाका राजिप गुरुङ भएका छन् ।
पुुुस २१ ग्तेबाट सुरु भएको खेलमा नेपाल र भारत गरेर १० टिमको सहभागिता रहेको थियो ।
Comments