Sajhamanch Archive

बहराइनसँग पराजित हुँदै भारत एसिया कप फुटबलबाट बाहिरियो

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

बहराइनसँग पराजित हुँदै भारत युएईमा जारी एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

गएराति भएको खेलमा बहराइनले भारतलाई १–० ले पराजित गर्‍यो ।

युएईको सारजाह स्टेडियममा बहराइनलाई जित दिलाउन जमल राशिदले निर्णायक गोल गरे ।

समूहको पहिलो खेलमा थाईल्याण्डलाई ४–१ ले हराएर सनसनी मच्चाएको भारतले त्यसपछि आयोजक युएई र बहराईनसँग लगातार दुइ खेल हार्दै घर फर्किएको हो ।

समूह चरणमा ३ अंक जोडेको भारत पुछारमा रह्यो । ४ अंक जोडेको बहराईन भने तेस्रो स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ ।

हिजो भएको खेलमा १–१ गोलको बराबरी खेलेपछि ५ अंक जोडेको युएई शीर्ष स्थानमा रह्यो भने ४ अंकको साथ थाईल्याण्ड दोस्रो भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *