Sajhamanch Archive

खप्तड गोल्डकपमा आजबाट सेमिफाइनल चरण सुरु हुँदै

Published: in खेलकुद, राष्ट्रिय समाचार by .

तेस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल चरण आज सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा मेची नेत्रालय झापा र थ्रीस्टार क्लब प्रतिस्पर्धा गर्नेछन् ।

धनगढीस्थित क्षेत्रीय रंगशालामा दिउसो साडे २ बजे सेमिफाइनल भिडन्त सुरु हुनेछ । क्वाटरफाइनलमा मेची नेत्रालयले विभागीय नेपाल एपीएफलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

थ्रीस्टार भने च्यासललाई हराउँदै अन्तिम चारमा पुगेको हो । आजको विजेताले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग शनिवार प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा भोलि संकटा क्लब र नेपाल पुलिस भिड्ने छन् । १२ टोली सहभागी प्रतियोगिताको विजेताले २१ तथा उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *