Sajhamanch Archive

विराटनगर भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा ७४ लाख बढी भन्सार असुली

Published: in अर्थतन्त्र by .

विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी भन्सार असुली गरेको छ । चालु आर्थिक वर्षको पुससम्म १९ अर्ब ५६ करोड ४६ लाख भन्सार असुली लक्ष्य थियो । तर, भन्सारले लक्ष्यभन्दा ७४ लाख बढी १९ अर्ब ५७ करोड २० लाख भन्सार असुली गरेको हो ।

विराटनगर भन्सार कार्यालयका अनुसार भन्सार महसुल ८ अर्ब १२ करोड १ लाख, मूल्य अभिवृद्धि कर १० अर्ब, ३६ करोड २६ लाख र अन्तःशुल्क १ अर्ब ८ करोड ९३ लाख असुली भएको हो ।

गत वर्ष पुस महिनासम्ममा १३ अर्ब ८३ करोड ६२ लाख भन्सार असुली भएको थियो । गत वर्ष भएको भन्सार असुलीको ३० प्रतिशत वृद्धि गरेर चालु आर्थिक वर्षको भन्सार लक्ष्य ४२ अर्ब ५३ करोड १९ लाख तोकिएको भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले बताए ।

पिनादेखि जस्तापाता निर्यात

विराटनगर भन्सार नाकाबाट सेन्थेटिक यार्न, जुटको झोला, जुटको बुनिएको कपडा, अलैंची, अन्य रेसाको कपडा, रिफाइण्ड पाम आयल, जिआई वायर, कोरुगेरेटेड जस्तापाता, कपर सिट र पिनालगायतका वस्तु भारत तथा तेस्रो देश निकासी हुन्छन् ।

आयातमा भने पेट्रोलियम पदार्थ बढी छ । त्यस बाहेक एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर रड, सेन्थेटिक यार्न, सिआरसिट, एलपी ग्यास, एचआर सिट र खाद्यान्न आयात बढी हुने गरेको छ ।

विराटनगर भन्सार प्रमुख मिमांस अधिकारीले भन्सार जा“चपासमा सहजता, मालबूतको यथार्थपरक मूल्यांकन तथा वस्तु बर्गीकरण, यात्रु जा“चपासमा कडाइ, चोरी पैठारी, निकासी नियन्त्रण तथा गस्ति परिचालनले लक्ष्यअनुसार राजश्व संकलन गर्न सहज भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *