Sajhamanch Archive

पर्वत बस दुर्घटना : ५ जनाको मृत्यु, ३६ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

तीनजनाको घटनास्थलमा नै ज्यान गएको थियो भने थप दुईजनाको बाग्लुङ अञ्चल अस्पतालतर्फ लैजाँदै गर्दा ज्यान गएको हो । दुर्घटनामा अन्य ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *