Sajhamanch Archive

डा. गोविन्द केशीको अनसनका बारेमा नेता भट्टराईको कटाक्षः केशीले टेक्दैमा सुन फल्दैन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

विर्तामोड ।इलाममा १६ औं पटक बसेको गोविन्द केशीको अनसनप्रति नेकपाका नेता योगेश भट्टराई कडा रुपमा प्रस्तुत भएका छन् । उनले डा. केसीले समितिबाट पारित विधेयक नपढी अनसन बस्न थालेको बताए ।

विहीबार विर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले डा केसी र सरकार बिच भएका सबै सम्झौता समेटिएको दावी गरे । उनले केदार भक्त माथेमा आयोग, केसी र सरकारबिच भएका सम्झौता र सरोकारवाला पक्षसँगको छलफल पछि विधेयक पारित भएको बताए । उनले संसदको गरिमा प्रयोग गरेर विधेयक प्रस्तावित गरिएको जानकारी दिए ।

नेपाल बाहिर विद्यार्थी बेच्न खुलेका काराखानाले डा. गोबिन्द केशीलाई उचालेर पटक पटक अनसन बसाउने गरेको नेता भट्टराईको भनाई छ ।

केशीको पछाडी मात्र लाग्ने हो भने कुनै पनि ठाउँमा अझै १० बर्ष अस्पताल खोल्न नसकिने भएकाले समितिले स्वविवेक प्रयोग गरेर केशीको मागमा अझ केहि थपेर विधेयक संसदमा पेस गरेको भट्टराईले बताए । उनले भने ‘ केशीले टेक्दैमा कुनै पनि ठाउँमा सुन फल्दैन, उनि त्यति पबित्र पनि छैनन्, सुन फलाउन मेहनत गर्नु पर्छ ।’

भट्टराईले कुनै पनि राजनीतिक पार्टीको नेता भएको भरमा अब मेडिकल कलेज चलाउने सपना कसैलाई नदेख्न चेतावनी दिदै भने ‘ विधयेक पास भए पछि अबको ५ बर्ष भित्रमा सबै प्रदेशमा सरकारी मेडिकल कलेज अनिवार्य खुल्ने छ ।’

विधेयकमा ५ बर्ष पछिबाट प्रमाण–पत्र तह भन्दा मुनि पढाई हुने कलेजलाई मापदण्ड पुगेमा आवश्यकता अनुसार अपग्रेड गर्दै लगिने पनि नेता भट्टराई जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *