Sajhamanch Archive

कोलम्बियाको राजधानीमा कार बम बिस्फोट, कम्तिमा ९ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

कोलम्बियाको राजधानी बोगोटामा भएको कार बम बिस्फोटमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । कोलम्बियाको रक्षा मन्त्रालयले घटनाको पुष्टि गरेको छ ।
यो बिस्फोट बोगोटा शहरका दक्षिणी इलाकामा एक प्रहरी विद्यालयको बाहिर भएको हो ।
हमलामा कम्तिमा ३८ जना गम्भीर घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एक कार विद्यालयको बाहिर आएको थियो र चेकप्वाइन्टमा जब सुरक्षाककर्मीहरुले उसलाई रोक्न खोजे चालकले कारको गति गति बढाए र भित्तामा कारलाई ठक्कर दिए । त्यसलगत्तै कारमा बिस्फोट भएको थियो ।
बम हमलामा कार चालकको पनि ज्यान गएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *